२८ आश्विन २०८३, बुधबार

गोपाल तिमल्सिनाको “पानी खोला” सार्वजनिक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत ।  लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गीत “पानी खोला ” गीतको भिडियो सार्वजनिक भएको छ ।

काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाठो बाध्ने गीत “पानी खोला ” बोलको गित सार्वजनिक गरेको छन् ।

गोपाल तिमल्सिना र रुकु नेपालीको स्वरमा सजिएको सो गीतमा गोपाल तिमल्सिनाको शब्द र संगीत रहेको छ ।

जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “पानी खोला ” गीतमा सन्तोष तिमल्सिनाको छायांकन तथा विनोद बमले सम्पादन गरेको छन् ।

सो गीतमा गोपाल तिमल्सिनाकै निर्देशन रहेको छ ।

गीतको भिडियोमा गोपाल तिमल्सिना र रुपा तिमल्सिना लगायतको अभिनय देख्न सकिने गीतलाई गोपाल तिमल्सिनाको आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।