५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट ८९ जना विदेशी बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourist-in-pothanaकाठमाडौँ, ८ जेठ । भूकम्पमा परी दुईसय ४० नेपाली र ८९ जना विदेशी बेपत्ता भएका जनाउँदै नेपाल प्रहरीले खोजी जारी रहेको बताएको छ ।

शुक्रबार साँझ सम्मको विवरणअनुसार भूकम्पमा परी आठ हजार ६३५ जनाको मृत्यु भएको तथा २१ हजार ८४५ जना घाइते भएका छन् ।

भूकम्पबाट पूर्ण तथा आंशिक गरी काठमाडौँ उपत्यकामा ६७ हजार १८८, पूर्वाञ्चलमा ४५ हजार ९३०, मध्यमाञ्चलमा दुई लाख ८६२, पश्चिमाञ्चलमा एक लाख ४५ हजार ४२८, मध्यपश्चिमाञ्चलमा तीन हजार १९५ र सुदूरपश्चिमाञ्चलमा ५० गरी चार लाख ६२ हजार ६५३ भौतिक संरचनामा क्षति भएको छ । रासस