२८ आश्विन २०८३, बुधबार

लामो समयपछि पल शाहको नयाँ म्युजिक भिडिओ सार्वजनिक

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडिओ तिमीसंगै हुँदा सार्वजनिक भएको छ।

लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

‘तिमीसँगै हुँदा’ लाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन् ।

किशोरी बलात्कार अभियोगमा जेल परेका अभिनेता पल शाह निर्दोष सावित भई बाहिर आएलगत्तै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन ।

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन ।

जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन ।

गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ ।