
काठमाडौं, १७ चैत । तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया