
काठमाडौं, १५ चैत । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट अनलाइन ठगीमा संलग्न रहेका नौ जना चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।
ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच पक्राउ परेका उनीहरूलाई सार्वजनिक गर्ने क्रममा उनीहरू प्रहरी कार्यालयमै सुतेका छन् । प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न उनीहरूलाई बाहिर निकालेलगत्तै विरोधस्वरूप प्रहरी कार्यालयमै सुतेका हुन् ।
उनीहरूले सुतेर नाराबाजीसमेत गरे । तस्वीर खिच्न खोज्दा उनीहरूले हत्कडी लगाएको अवस्थामै पत्रकारमाथिसमेत दुर्व्यवहार गर्ने प्रयास गरेका थिए ।
उनीहरूले सकभर आफूलाई पत्रकारको क्यामेराबाट बचाउन खोजिरहेका थिए ।















प्रतिक्रिया