३ कार्तिक २०८३, मंगलबार

तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम दिदैनौँ: जगन्नाथ खतिवडा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले तीनवटा मन्त्रालयमा आफ्नो दावी कायमै रहेको बताएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीबाट मन्त्रीको नाम टुंगो लागिसकेको र तीनवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएका हुन् ।

हालसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको भन्दै उनले कुनै पनि बेलामा निर्णय गर्न सक्नेगरी तयारी अवस्थामा रहेको जानकारी दिए ।

यसअघि आफूहरुले धेरै त्याग गरेको भन्दै अब त्याग गर्ने पालो अरूको भएको उनको भनाइ थियो ।