
काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले केन्द्र सरकार टिकाउ नहुनाले स्थानीय सरकारलाई गाह्रो परेको गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकार केही समयलाई टिके स्थानीय सरकारलाई समन्वय गर्न सजिलो हुने धारणा राखे ।
‘स्थानीय सरकार भनेको स्थायी सरकार हो । प्रधानमन्त्री, मन्त्री यहीँ हुनुहुन्छ । उहाँहरूको सरकार टिक्दैन र गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यूलाई यसपालि सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ,’ उनले भने ।
उनले सबैभन्दा पहिले बागमती र अन्य खोलानाला जोगाउन आवश्यक रहेको बताउँदै त्यसपछि लिपुलेक जोगाउन ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।
काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन खोजिरहेको भन्दै उनले यो काममा सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया