३ कार्तिक २०८३, मंगलबार

सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकविरुद्ध अधिकारकर्मीहरू आन्दोलित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । द्वन्द्व पीडित तथा मानवअधिकारकर्मीले संसद्मा पेस भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधनविधेयकविरुद्ध दबाब मूलक कार्यक्रम सुरु गरेका छन् ।

चैत ३ गते पेस भएको विधेयक अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको भन्दै उनीहरूले आजदेखि धर्ना सुरु गरेका हुन् ।

धर्नामा बसेका मानवअधिकारकर्मी चरण प्रसाईँले संसद्मा प्रस्तुत विधेयकले पीडितलाई न्याय नदिने भन्दै त्यसको विरोधमा दबाब मूलक कार्यक्रम आयोजना गरिएको बताए ।

उनले सङ्क्रमणकालीन न्यायको सिद्धान्त, पीडित केन्द्रीय नभएकोले विधेयक मान्य नभएको जिकिर गरे ।
न्यौपानेलगायत माइतीघरमा धर्नामा बसेका छन्।