३ कार्तिक २०८३, मंगलबार

जसले दुर्गेशविरूद्व उजुरी हाले उल्टै माफी मागेर गरे मिलापत्र

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । गायक दुर्गेश थापाविरूद्व कुटपिटको आरोप लगाउँदै उजुरी दिएका युवकले उल्टै माफी माग्दै उजुरी फिर्ता लिएका छन् ।

दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका रिदम श्रेत्रीले आफूले उक्साहटमा आरोप लगाएको भन्दै माफी मागेका हुन् ।

रिदम टीकटकमा ‘ह्यान्सी ब्रो’ का नामले परिचित छन् । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् ।

रिदमले कुटपिटका क्रममा आफ्नो सिक्रीसमेत हराएको बताएका थिए । छलफलका दौरान सिक्रीको पनि कुरा रिदमले फिर्ता लिएका छन् ।