३ कार्तिक २०८३, मंगलबार

दश दलीय गठबन्धनको बैठकमा जुटेन सहमति, भोलि बिहान पुन: बैठक बस्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १४ चैत । बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

दलहरुलो आ-आफ्नो अडान नछोड्दा सहमति जुट्न नसकेकोको हो । बैठकमा नेपाली काँग्रेसले नौ वटा मन्त्रालयको अडान नछोड्दा सहमति जुट्न नसकेको बताइएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि तीन/तीन मन्त्रालयको अडान कायम राखेका छन् ।

बैठक पुन: भोलि बिहान ९ बजे बस्ने सहमति भएको जानकारी दिइएको छ ।