५ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकका भूकम्प पीडित ६० पत्रकारलाई सपना भिलेजको राहत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat-sapana-village

– राजेन्द्र आचार्य

सौराहा, ८ जेठ । चितवनको सौराहामा रहेको सामाजिक संस्था सपनाभिलेज सोसल ईम्प्याक्टले भूकम्प पीडितहरुलाई राहत दिने कार्य जारी राखेको छ ।

भूकम्प गए लगत्तै अभियानकै रुपमा राहत वितरण सुरु गरेको सपनाभिलेज सोसल ईम्प्याक्टले विभिन्न क्षेत्रबाट राहतको माग भैरहेकाले राहत वितरणलाई जारी राखेको अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।

राहत वितरण अभियान अन्तर्गत सपना भिलेजले सिन्धुपाल्चोकका भूकम्प पीडित ६० जना पत्रकारहरुलाई राहत वितरणका लागि आज चितवनबाट त्यसतर्फ टोली प्रस्थान गरेको छ ।

पत्रकार सहित अन्य भूकम्प पिडितहरुलाई समेत राहत वितरण गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । यसअघि सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत र सदस्य सन्तोष भट्ट सहितको टोलीले सिन्धुपाल्चोक पुगेर स्थलगत अध्ययन गरेपछि आज राहत वितरणका लागि टोली सिन्धुपाल्चोक हिँडेको हो ।

करिब ४ लाख रकमको राहत वितरण गरिने अध्यक्ष गिरीले बताउनुभयो । भूकम्पपिडित पत्रकारहरुलाई मात्रै रु २ लाख ५० हजार बरावरको राहत सामग्री वितरण हुँदै छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा मार्फत पत्रकारहरुलाई राहत वितरण गरिने अध्यक्ष युवराज पुरीले जानकारी दिनुभयो ।

सो क्रममा भूकम्प पीडित पत्रकारहरुलाई त्रिपाल, चामल एक बोरा, दाल ३ किलो, चिउरा २ किलो, नुन, तेल, झुल र अण्डा वितरण गरिने सपना भिलेज सोसल ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको थुम्पाखार गाविसको तेह्र किलोका अन्य १७० भूकम्प पीडितहरु समेत राहतका वितरण गर्न लागिएको उहाँले बताउनुभयो । उनीहरुलाई एक बोरा चामल, दाल, नुन, चिउरा, तेल वितरण गरिने छ ।

घर पूर्ण क्षती भएका काठमाडौका रङ्ग पत्रकार कुबेर गिरीलाई समेत आजै राहत वितरण गरिने छ । सपना भिलेजले यसअघि चितवन सहित गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा, मकवानपुर,काभ्रे लगायत जिल्लामा ३५ लाख भन्दा बढीको राहत सामाग्री वितरण गरिसकेको छ ।