५ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री सिंहद्वारा क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालय भवनको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logo

काठमाडौँ, ८ जेठ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार बिहान निरीक्षण गर्नुभएको छ ।

उहाँले भूकम्पका कारण क्षतविक्षत बनेको विश्वविद्यालयका शिक्षाध्यक्ष, रजिस्टारको भवनका साथै केन्द्रीय कार्यालयका अन्य क्षतिग्रस्त संरचना, त्रिवि स्मृति भवन, त्रिवि केन्द्रीय पुस्तकालय भवनको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणपछि उपप्रधानमन्त्री सिंहले भूकम्पले ठूलो क्षति पुर्‍याए पनि विश्वविद्यालयका कामलाई विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गराउन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

निरीक्षणका क्रममा उपप्रधानमन्त्री सिंहलाई विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जन, शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपाने, निमित्त रजिस्टार देवराज अधिकारी, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख जनार्दन ढुङ्गानालगायतले विश्वविद्यालयमा भूकम्पले पारेको क्षति सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री सिंहले आजै भूकम्पका कारण प्रभावित कीर्तिपुर क्षेत्रको पनि निरीक्षण गरी त्यसले पारेको क्षति तथा भइरहेको राहत वितरणलगायतका विषयमा जानकारी लिनुभएको थियो । रासस