२९ आश्विन २०८३, बिहिबार

‘अन्तर्राष्ट्रिय गिरोहबाट वीरेन्द्रको हत्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King Birendra & Aishorya

ललितपुर, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको दिनको सम्झनामा सोमबार जावलाखेलस्थित राजा वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको छ ।

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले आयोजना गरेको कार्यक्रममा राजसंस्था तथा खासगरी राजा वीरेन्द्रप्रति आस्था राख्ने व्यक्तित्व, तत्कालीन राजप्रासाद सेवाका कर्मचारीलगायत साधुसन्त, विभिन्न संघसंस्थाका पदाधिकारीसहित करिब २०० जनाको सहभागिता थियो ।

कार्यक्रममा परिषद्का अध्यक्ष शंकर पौडेलले राजा वीरेन्द्र अत्यन्तै लोकप्रिय र जनताको भावनाअनुरुप काम गर्ने भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोहबाट उहाँ र परिवारलगायतको हत्या भएको हुन सक्ने आशंका गर्नुभयो । सो अवसरमा उपस्थित व्यक्तिले राजा वीरेन्द्रसहित अन्य दश जनाको हत्यारा पक्राउ गर्नका लागि सरकारसँग आग्रह गरेका थिए ।

विसं २०५८ जेठ १९ गते राति राजा वीरेन्द्र्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र छोरी श्रुतिको हत्या भएको थियो । सो घटनामा युवराज दीपेन्द्रलगायत अन्य पाँच जनाको समेत ज्यान गएको थियो ।