म्याग्दी, ८ जेठ । म्याग्दीको ताकम गाविस–८ मच्छिम गाउँ बिहीबार सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले खुसियाली मनाएका छन् ।
शिवाङमा दुई वर्षअघि पुगेको सडक विस्तार गरेर मच्छिमसम्म पु-याइएको हो ।
सडक विस्तारपछि बिहीबार पहिलोपटक माइक्रोबस गाउँमा पुग्दा स्थानीयवासीले बाजागाजा र अबिरजात्रासहित नाचगान गरेर खुसियाली मनाएको स्थानीय युवा रेशम छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिवाङदेखि मच्छिम जोड्ने एक किलोमिटर तीनसय मिटर कच्ची सडक निर्माण गर्न जिविसले गत वर्ष रु १८ लाख र यस वर्ष ३० लाख वजेट विनियोजन गरेको थियो ।
सडक सुविधा भएपछि मच्छिमको साथै मुना, मुदी, लुलाङ, गुर्जाका बासिन्दालाई यात्रा र ढुवानीमा सहज भएको छ ।















प्रतिक्रिया