३० आश्विन २०८३, शुक्रबार

नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो, एनआईसी एशिया बैंक शीर्ष स्थानमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार ९१५ दशमलव १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले घटेर ३६१ दशमलव ०१ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर रू. एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रू २१ करोड ७४ लाख ६४ हजार ८६८ बराबरको कारोबार भएको छ ।