काठमाडौँ, ७ जेठ । युवा सङ्घ नेपालले भुकम्पबाट काठमाडौँमा अतिप्रभावित ग्रामीण बस्तीमा एक सय टहरा बनाउने निर्णय गरेको छ ।
सङ्घको काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले काठमाडाँै क्षेत्र नं. १ बाहेकका निर्वाचन क्षेत्रमा १०÷१० वटा र क्षेत्र नं. १० मा २० वटा गरी कूल एक सय टहरा निर्माण गरिने सङ्घका अध्यक्ष पेम्बा घलेले जानकारी दिनुभयो ।
आगामी सोमबार क्षेत्र नं. ३ सुन्दरीजलमा उद्योग मन्त्री महेश बस्नेतले टहरा हस्तान्तरणको सुरुवात गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । टहरा निर्माण स्थानीय स्रोतसाधनको परिचालन र सङ्घका सदस्यको श्रमदानबाट गरिनेछ ।
क्षतिग्रस्त स्थानका प्रभावितहरू अझै पालमुनी बस्न वाध्य भएको बताउँदै अध्यक्ष घलेले केही समयपछि सुरु हुने बर्षायामले उनीहरूको जीवन अझै कष्टकर र जोखिमयुक्त हुने भएकाले अस्थायी बसोबासका लागि टहरा निर्माण गर्न लागिएको हो भन्नुभयो । रासस
















प्रतिक्रिया