५ कार्तिक २०८३, बिहिबार

उद्योगमन्त्रीले जनतासँग भने-‘गल्ति भयो, कान समातेर उठबस गर्न तयार छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnet

रामेछाप, ७ जेठ । राजधानीमा भक्तपुर बनाउने अभियान सुरु गरेका उद्योगमन्त्री महेश बस्नेतले रामेछापका जनतासँग सरकारबाट कमीकमजोरी भएको भन्दै माफी मागेका छन् ।

भूकम्पले निम्त्याएको विपत्तिमा जनताको राहतका लागि सरकारले आवश्यक तयारी नगरेको भन्दै यो गल्तीमा कान समातेर उठबस गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

विहीबार भूकम्पपछिको अवस्था बुझ्न रामेछाप र सिन्धुली पुगेका मन्त्री बस्नेतले भूकम्पको उच्च जोखिममा रहेको नेपालमा ठूलो क्षति हुने थाहा भएपनि राज्यले तयारी गर्न नसकेको स्वीकार गरे ।

अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्नेमा मन्त्री बस्नेतले जनतालाई सुझाव दिएका थिए । सबै पीडितको हातमा राहत पुर्‍याउन सरकार लागिरहेको बताउँदै अधिकांश कच्ची घरलाई पूर्ण क्षतिको सूचीमा राखेर केन्द्रमा सिफारिस गर्न जिल्ला संयन्त्रलाई निर्देशन समेत दिए ।