३० आश्विन २०८३, शुक्रबार

द्वन्द्वपीडितको भावना नसमेटिए मुलुक अप्ठेरोमा पर्छ : गगन थापा (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडितको भावना समेट्न नसकिए मुलुक अप्ठेरोमा पर्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेट्नुपर्नेमा जोड दिदै नसमेटिए मुलुक अप्ठेरोमा पर्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठिक देखिनुपर्ने भन्दै उनले यससम्बन्धी कानूनलाई उचित तवरले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

थापाले अब केन्द्रदेखि प्रदेशसम्म कांग्रेससहितको सरकार बन्ने भन्दै देश र जनताका लागि काम गर्ने काउनडाउन सुरू भइसकेको उल्लेख गरे ।