३० आश्विन २०८३, शुक्रबार

गठबन्धनका अन्य दलसँग वार्ता गर्न नेकपा एसले बनायो कार्यदल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले सत्ता गठबन्धनका अन्य दलहरूसँग वार्ता गर्नेलगायत कार्यका लागि कार्यदल गठन गरेको छ ।

आज मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

कार्यदलले संघ र प्रदेशको सरकार गठन, साझा न्यूनतम कार्यक्रम तथा उप–निर्वाचन समेतका विषयहरूमा वार्ता र छलफल गर्ने बताइएको छ ।