काठमाडौं, ७ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले रोल्वालिङ उपत्यकामा रहेको च्छो रोल्पा ताल फुट्ने हल्ला निराधार भएको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक अजय केसीले रोल्पा ताल फुट्ने हल्ला निराधार भएको बताउनुभयो । गत वैशाख २९ गतेको शक्तिशाली भूकम्पपछि दोलखामा लगातार भूकम्प गइरहेकाले रोल्वालिङ उपत्यकामा रहेको च्छो रोल्पा ताल फुट्ने हल्ला फैलिएको थियो ।
जसका कारण तामाकोशी नदी आसपासका बस्तीमा त्रास फैलिएको थियो । डिएसपी केसीले ताल फुट्ने कुनै जोखिम नभएको समेत स्पष्ट पारेका छन् ।
प्रहरीका अनुसार चार हजार पाँच सय ८० मिटर उचाइमा तीन किलोमिटर क्षेत्रफलमा फैलिएको रोल्पा ताललाई भूकम्पले कुनै असर गरेको छैन् । ताल फट्ने हल्लाले अधिकांश गाउँले बसाइ सरेर सुरक्षित स्थानतर्फ गइसकेका छन् ।
















प्रतिक्रिया