५ कार्तिक २०८३, बिहिबार

पत्रकार तिमिल्सेना चिसापानी क्षेत्र पर्यटन विकास समितिको सदस्यमा नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

matrika

– यमबहादुर बम

धनगढी, ७ जेठ । कैलालीका पत्रकार मातृकाप्रसाद तिमिल्सेना चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको सदस्यमा नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रीस्तरिय निर्णयबाट तिमिल्सेना आगामी चार वर्षका लागि सदस्य पदमा नियुक्त भएको पर्यटन मन्त्रालयले जनाएको छ । सो समितिले कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि काम गर्ने गरी समितिको गठन आदेशमा उल्लेख छ ।

सो समितिको अध्यक्षमा बर्दियाका भीम केसी नियुक्त भएका छन् । भने चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय विकास अधिकारीहरु, नगरपालिकाका कार्यकारी अधिकृतहरु र जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरु सदस्य रहने प्राबधान रहेको छ । निर्देशकमा नेपालगञ्ज पर्यटन कार्यालयका प्रमुख रहने व्यवस्था रहेको छ ।

आफूले चार जिल्लाको पर्यटनको विकास प्रबद्र्धनमा योजना बनाउन भूमिका निर्वाह गर्ने नवनियुक्त सदस्य तिमिल्सेनाले बताए ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तिमिल्सेना सामुदायिक रेडियो टीकापुर एफएमका प्रबन्ध निर्देशक र कैलाली हटलाइन दैनिकको सम्पादक हुन् ।