५ कार्तिक २०८३, बिहिबार

दोलखाका भूकम्प पीडितलाई मिडिल इस्ट म्यानपावरको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat-dolakha (4)

काठमाडौं, ७ जेठ । मिडिल इस्ट म्यानपावर प्रालि र त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नो तलब काटेर दोलखाका भूकम्प पीडितलाई १ लाख २५ हजार रुपैयाँ राहत सहयोग गरेका छन् ।

मिडिल इस्ट म्यानपावर प्रालिमा कार्यरत कर्मचारीहरुले आफ्नो तलब काटेर जम्मा गरेको रकममा अध्यक्ष तथा प्रबन्ध निर्देशक अब्दुल सत्तारले कम्पनीको तर्फबाट समेत रकम थप गरी १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Rahat-dolakha (1)

विहीबार प्रालिको कार्यालयमा आयोजित एक समारोहमा अध्यक्ष सत्तारले सुरी–८ दोलखा निवासी राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतलाई चेक हस्तान्तरण गरेका थिए । त्यसअवसरमा प्रालिका कर्मचारीहरुले भूकम्पपीडितलाई थोरै भएपनि सहयोग गर्नका लागि आफूहरु एकजुट भएको र त्यसमा कम्पनीको तर्फबाट समेत ठुलो हौसला प्रदान गरिएको बताए ।

सो रकम दोलखाको सुरी गाविसका पीडितलाई प्रदान गरिने छ । गत १२ र २९ बैशाखमा गएको शक्तिशाली भूकम्पबाट दोलखामा निकै ठुलो क्षति भएको छ । भूकम्पपछि आएको पहिरोले अहिले पनि उद्धारमा कठिनाई भइरहेको छ । सोही आधारमा मिडिल इष्ट म्यानपावर र त्यहा कार्यरत कर्मचारीहरुले दोलखाका पीडितका लागि राहत रकम हस्तान्तरण गरेका हुन् ।

Rahat-dolakha (2) Rahat-dolakha (3)