१ मंसिर २०८३, मंगलबार

स्ववियु निर्वाचनः मकवानपुरका क्याम्पसहरुमा मतदान सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मकवानपुरको क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनको लागि मतदान सुरू भएको छ ।

यहाँको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पस गरी सात वटा क्याम्पसमा मतदान सुरु भएको हो ।

मतदान बिहान ८ बजेदेखि सुरू भएको हो । मतदान अपरान्ह ४ बजेसम्म हुनेछ ।

काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा बिहान ८ बजेबाट स्ववियु नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।