चितवन, ७ जेठ । विनाशकारी महाभूकम्प गएको २५ दिनपछि नुवाकोटको फिकुरी गाविस वडा नम्बर ७ ताजीगाउँमा पहिलो पटक राहत सामग्री वितरण गरिएको छ ।
हालसम्म पनि कतैबाट राहत नपाएका फिकुरी गाविस वडा नम्बर ७ ताजीगाउँ स्थानियहरु एक्कासी राहत आउँदा खुसी भएका थिए ।
सरकारी टोलीबाट तथ्यांक संकलन मात्र गरि फर्किएपछि राहतको पर्खाईमा वकसेका ताजीगाउँका भूकम्प पीडितहरुलाई पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल ईम्फ्याक्टले राहत वितरण गरेपछि एकाएक खुसी छाएको हो ।
भूकम्प पीडित स्थानिय सिंह बहादुर वाईवा जिल्ला सदरमुकाम विदुरबाट नजिक भएर पनि गाउँ रसुवा जिल्ला हुदै कच्ची उकालो बाटोबाट जानु पर्ने आफुहरु बत्तिमुनिको अध्यारो बन्न पुगेको दुखेसो गरे ।
पहिलो पटक राहत सामाग्री पाएकोमा गाउँमा केहि मात्रामा भएपनि पीडा कम भएको उनले बताए । ताजी गाउँमा १ सय ४६ घरधुरी छ । जसमा १ सय ३० घर लडेर पूर्ण क्षति भएको छ । भने अन्य १६ घर चर्केका छन् र ४ जनाले ज्यान गुमाएको स्थानिय अगुवा तेजमान तामाङ्गले बताए ।

सरकारी टोली आएर पनि राहत नपाएको अवस्थामा चितवन जस्तो टाढाबाट सहयोग आउनु भूकम्प पीडितका लागि खुसीको कुरा भएको उनले बताए ।
सौराहाको सपना भिलेजजको एक टोलीले यहाँका १ सय ४६ घरधुरीलाई संस्थाका कार्यक्रम निर्देशक सुजन बस्नेत र सपनासगै राहत अभियानमा जुटेका गायक रमेशराज भटराई राहत बाँडेका थिए ।
उनीहरुले प्रति परिवार १५ किलो चामल, त्रिपाल, २ किलो दाल, १ लिटर तेल र १ पोका नुन लगायतका खाद्य सामाग्रीहरु सहयोग अध्यक्ष धुव्र गिरीले बताए ।
यस्तै टोलीले नुवाकोटकै नुवाकोट जिल्ला कल्याणपुर गाविस वडा नम्बर ५ र ६ को ३ सय घरधुरी पनि राहत बाँडेको अध्यक्ष गिरीले बताए ।
चितवनको विकट पहाडी गाविस सिद्धि र दारेचोक सहित गोर्खा, धादिङ्ग, रसुवा, सिन्धुली र काभ्रे जिल्लाका गरी २५ सय घरधुरीलाई राहत बाडिसकेको सपना भिलेजले दशौ चरण अन्तर्गत नुवाकोटको २ गाविसमा ६ लाख रुयैया बराबरको राहत बाँडेको हो । सपनाले हाल सम्म ३६ लाख रुपैया बराबरको २५ घरपरिवार राहत वितरण गरिसकेको छ ।
















प्रतिक्रिया