
काठमाडौं,चैत ४। त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचन अधिकृतका रूपमा खटिएका राजेन्द्र गौतममाथि कुटपिट भएको छ।
स्ववियु निर्वाचन नजिकिँदै जाँदा त्रिचन्द्रका निर्वाचन अधिकृतमाथि भएको धरकपडमाथि नेविसंघले ध्यानाकर्षण गरेको हो ।
त्रिचन्द्र क्याम्पस हाताबाट स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई अखिल समर्थित व्यक्तिहरूले धरपकड गर्ने, लखेट्ने जस्ता अमर्यादित र निन्दनीय काम गरेको नेविसंघले जनाएको छ।
साथै, शान्ति सुरक्षाको जिम्मेवारीका लागि खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीबाट नेविसंघका नेताहरु सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशर जंग बम, महेश खनाल, विनोद देउवा, दीपक लामा, रोहित चौधरी, हिमान्शु ताम्राकार, सुरेन्द्र विश्वकर्मा लगायतमाथि कुटपिट भएको शेर्पाले बताएका छन्।
नेविसंघले घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरि यथाशीघ्र कानुन बमोजिम कारबाही गर्न क्याम्पस प्रशासन र गृह प्रशासनसँग माग गरेको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै त्यसको विरोध जनाएका हुन्।














प्रतिक्रिया