सप्तरी, ७ जेठ । सप्तरीको बरहीबिरपुर गाविसमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा ल्याउँदै बीचबाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको बरही विरपुर गाविस–९ की चन्चलियादेवी मण्डल रहेको अस्पताल स्रोतले जनाएको छ । रासस















प्रतिक्रिया