२९ आश्विन २०८३, बिहिबार

अभिभावक संघमा देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2013-03-03-1362315365.pngकाठमाडौँ, १९ जेठ । नेपाल राष्ट्रिय अभिभावक संघको पाँचौ  राष्ट्रिय अधिवेशनले धर्मदत्त देवकोटाको अध्यक्षतामा ४६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघले सोमवार पत्रकारसम्मेलन गरी यही जेठ १७ गते सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा यादवप्रसाद शर्मा, महिला उपाध्यक्षमा बिना बाँस्तोला, मध्यपश्चिम उपाध्यक्षमा चक्रबहादुर बुढा, पश्चिमाञ्चल उपाध्यक्षमा कृष्ण धिताल, मध्यमाञ्चल उपाध्यक्षमा कोषबहादुर जिसी, पूर्वाञ्चल उपाध्यक्षमा सुन्दरबाबु श्रेष्ठ, महासचिवमा रामप्रसाद न्यौपाने, उपमहासचिवमा गुणराज गौतम, सचिवमा नवराज काफ्ले, महिला सचिवमा गङ्गा पराजुली, कोषाध्यक्षमा सविता खतिवडा र सहकोषाध्यक्षमा ठक्कर शर्मालाई चयन गरेको जानकारी दिएको हो ।

अधिवेशनले शिक्षा क्षेत्रमा हुने अनुचित राजनीतीकरण बन्द गर्नुपर्ने, सार्वजनिक बहसका आधारमा नयाँ शिक्षा नीति निर्माण गर्न संघसहित सरोकार भएका एवम् विज्ञको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आयोग गठन गर्नुपर्नेलगायत सातबुँदे प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका पूर्णरुपमा कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गर्नुपर्ने, बर्र्सेनि विद्यालयस्तरको पाठ्यपुस्तक छपाइ वितरणमा हुने ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने रहेका छन् ।

संघका अध्यक्ष देवकोटाले रोजगारमूलक शिक्षा नीतिलाई लागू गरी नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।