सप्तरी, ७ जेठ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापर्बाहीले एक व्यक्तिको मृत्यु भएको भन्दै आज बिहानैदेखि अस्पतालको दक्षिण ढोका हनुमाननगर मेनरोडमा आफन्तले चक्काजाम गरेका छन् ।
राजविराज–८ निवासी ७२ वर्षीया शिवनारायण मधुमेह, टाइफाइड, झाडापखाला, रक्तचापलगायत विभिन्न रोगबाट पीडित देवलाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
आफन्तले भने चिकित्सकै लपर्बाहीले मृत्यु भएको आरोप लगाउँदै राजविराजमा चक्काजाम गरेका छन् । यता प्रहरीले भने डाक्टरको लापर्बाहीले नभई आफैँ रोगबाट पीडित भएर मृत्यु भएको बताएको छ ।
चक्काजाम गर्दा राजविराजबाट जाने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पीडितहरु चिकित्सकको विरोध गर्दै नाराबाजी गरिरहेका छन् । अप्रिय दुर्घटना हुन नदिनका लागि प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
















प्रतिक्रिया