
काठमाडौं, १ चैत । आईसीसी ओडीआई वरीयतामा नेपालले आफ्नो स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।
केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लिएको नेपाल १६औँ स्थानमा उक्लिएको हो ।
क्रिकेट विश्वकप लिग ‘टु’ मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले निरन्तर वरीयता सुधार गरेको हो । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ ।















प्रतिक्रिया