२९ आश्विन २०८३, बिहिबार

प्रेस युनियनमा सोलुखुम्बुमा पुनः राउत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_districtसोलुखुम्बु, १९ जेठ । नेपाल प्रेस युनियन सोलुखुम्बुका अध्यक्षमा पुनः सन्तोषकुमार राउत चयन हुनभएको छ ।

सदरमुकाम सल्लेरीमा सोमवार सम्पन्न युनियनको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षसहित १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिका उपाध्यक्षमा विक्रम श्रेष्ठ, सचिवमा सरिता राई, सहसचिवमा शिखरजङ्ग श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश भट्टराईलगायत चुनिनुभएको छ ।

युनियनकोे आगामी असार १ गते पोखरामा हुने राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट अध्यक्षसहित पाँच प्रतिनिधि पठाउने निर्णय भएको जनाइएको छ ।