३१ आश्विन २०८३, शनिबार

नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आजको खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।

आजको प्लेइङ ११ मा गुलशन झालाई बेन्चमा राखेर करण केसीलाई टिममा फर्काइएको छ ।  यसअघि आइतबार युएईविरुद्धको खेलमा करण बेन्चमा थिए ।

आइतबार युएईलाई हराउँदै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको थियो ।

आईसीसी विश्वकप लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंकका साथ चौथो स्थानमा छ ।

विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले आजको खेलसहित दुई खेल जित्नु पर्ने हुन्छ ।