५ कार्तिक २०८३, बिहिबार

सुनसरीमा हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatti-aatanka

इनरुवा, ७ जेठ । सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

बुधबार राति आरक्षबाट निस्केको हात्तीले आज बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी नजिक आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

कोसी प्रभावित क्षेत्रमा करिब पाँच वर्षदेखि हात्ती आतङ्क जारी रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आए पनि आरक्ष र सुनसरी प्रशासनले रोकथाम गर्नमा कुनै तदारुकता नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । रासस