३ कार्तिक २०८३, मंगलबार

पश्चिमी इराकमा २२ जना आईएस लडाकू मारिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, २९ फागुन । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकू मारिएको इराकी सेनाले आइतबार जनाएको छ ।

इराकी काउन्टर–टेररिज्म सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो ।

मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनहरू सञ्चालन गरेका छन् ।

सन् २०१७ आईएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि सहरी केन्द्रहरू र दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् । सिन्ह्वा