
काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको आजको खेलमा नेपालले टस जितेर युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले सुरुवाती ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र करणकेसीलाई बेन्चमा राखेको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाइने भएको छ ।
अंक तालिकामा नेपाल ३३ खेलमा १६ मा जित र १५ हारसहित ३४ अंकसहित पाँचौँ स्थानमा छ । नेपालले आजको खेलमा यूएईलाई हराउँदा ३६ अंकसहित चौथो स्थानमा उक्लिनेछ । यूएईको ३३ खेलमा १४ मा जित र १६ हारसहित ३१ अंकसहित छैटौँ स्थानमा छ ।















प्रतिक्रिया