पोखरा, १९ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा नेकपा(एमाले)का नेता
ले एमालेमा बढ्दै गएको अन्याय र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च कास्की र गण्डकी संयुक्त कार्यालयको सोमवार उद्घाटन गर्दै उहाँले ती विकृतिको अन्त्य भयो भने मात्रै सबैको सम्मान हुने र पार्टी एकताबद्ध भएर चल्न सक्ने धारणा राख्नुभयो ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालले पन्ध पन्ध्र वर्ष पार्टी नेतृत्वमा रही काम गरेकाले अब भने समान हैसियत र क्षमता भएका तथा अवसर नपाएका नेतालाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया