सर्लाही, ६ जेठ । झगडा भएको स्थानमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गरिरहेको अवस्थामा प्रहरीलाई गालीगलौज गरी युनिफर्म समेत च्यातीदिने परवानीपुर–२ बस्ने २० बर्षीय अश्विन बुढाथोकीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
परवानीपुर–३ स्थित सूर्यबहादुर खड्काको विवाह घरमा स्थानीय युवा र जन्तीबीच बादविवाद भई झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट परवानीपुरको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा सो घटना भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया