काठमाडौँ, ६ वैशाख । भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनका परिवारलाई ‘प्रिमियर लिग सपोर्टर्स क्लब अफ नेपाल’ले रु २२ हजार ३०० प्रदान गरेको छ ।
उक्त क्लबले भोम्जनका परिवारलाई हस्तान्तरण गर्ने गरी आज उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चलाई प्रदान गरेको हो ।
मञ्चले भोम्जनका परिवारलाई सहयोग गर्न थालेको अर्थ सङ्कलन अभियानअन्तर्गत गत मङ्गलबारसम्ममा रु एक लाख १२ हजार ३०० सङ्कलन भइसकेको छ । रासस
















प्रतिक्रिया