५ कार्तिक २०८३, बिहिबार

भूकम्पपछि जमिन चिरिएर पानी निस्केको हैन : प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhapa-pani-1

– राजकुमार ओली

विर्तामोड (झापा) । विर्तामोडमा भूकम्पपछि जमिन मुनिबाट पानीको मुहान फुटेको खबरले दिनभर झापाका स्थानीय बासिन्दालाई त्रसित बनाइदियो । बुधबार बिहान झापाको विर्तामोड ७ मा पानीको मुल फुटेको खबर आएपछि स्थानीय बासिन्दा तनावमा थिए । तर, जमिन मुनिबाट एक्कासी निस्केको पानी रोकिएको  स्थानीय बासिन्दाले बताएका छन् ।

बिर्तामोड ७ स्थित भद्रपुर रोडको लिटल फ्रलावर्स बोर्डिङ पश्चिमको खाली ५ कठ्ठा जमिन बिहान पानीले भरिएको थियो भने एक दर्जन बढी स्थानमा मुल फुटेर पानी निस्किएको बताइएको थियो । तर, स्थानीय प्रशासन त्यहाँ पुगेर हेर्दा स्थानीय बासिन्दाले खबर गरेको भन्दा फरक भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले अनाश्यक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

जमिन मुनिबाट निस्केको पानी रोकिएकाले कुनै जोखिम नभएको इलाका प्रहरी कार्यलय विर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर रावतले जानकारी दिनुभयो ।

जमिन चिरिएर पानीको मुहान फुटेको आंशकामा विर्तामोड ७ का स्थानियहरु आतंकित भएका थिए । बिहान ८ बजे बाट एक्कासी बजारको खाली जमिनमा पानी भरिन थालेपछि स्थानीयहरुले सञ्चारमाध्यमलाई खबर गरेका थिए ।