५ कार्तिक २०८३, बिहिबार

महाभूकम्पले बाँकेका एक हजार ४७४ भवनमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Government-office

– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, ६ जेठ । महाभूकम्पका कारण बाँकेमा एक हजार ४७४ वटा निजी र सरकारी भवनमा क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको मंगलबार बसेको बैठकमा जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको मंगलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले भूकम्प क्षतिको लगत संकलन गर्ने कार्यलाई आइतबारसम्म निरन्तरता दिने निर्णय भएको जनाए ।

उनले भूकम्पका कारण नेपालगन्जमा ७१, कोहलपुरमा ९८ गरी एक हजार ४ सय ७४ वटा भवनमा क्षति पुगेको बताए । यस्तै भूकम्प पीडितका लागि स्थानीय विकास अधिकारी जीवलाल भुषालको संयोजकत्वमा राहत संकलन समिति गठन गरिएको छ । बाढीका कारण नेपालगन्ज लगायतका क्षेत्रमा हुन सक्ने क्षति र रोकथामका विषयमा पनि पहल गर्र्ने निर्णय बैठकले गरेको छ ।

गत वर्षको वाढीका कारण १२ हजार ३ सय १२ आंशिक र ३ हजार २ सय १२ घरमा पूर्ण क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिको रेकर्डमा छ । पीडितलाई घर बनाउन र जग्गा किन्न प्रथम चरणमा दुई करोड रकम भवन डिभिजन कार्यालयमा आएको छ ।

यस्तै, ९ हजार १ सय २८ परिवारलाई घर मर्मतका लागि प्रति परिवार ५ हजार दिइने भएको छ । यसलाई प्रभावकारी रुपमा वितरण गर्ने लगायतका निर्णय पनि बैठकले गरेको स्थानीय प्रशासनले जनाएको छ ।

बाँकेबाट करिब एक करोड रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा

भूकम्प प्रभावितका लागि बाँकेबाट ९४ लाख ९३ हजार ६ सय ३८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । निजामती कर्मचारी, विभिन्न संघसंस्था, उद्योगी, ब्यवसायी, नागरिक समाजका अगुवाले प्रदान गरेको नगदसहित खाद्यान्न, गैर खाद्य सामग्री राहत कोषमा जम्मा भएको हो ।

निजामती कर्मचारीका तर्फबाट सवैभन्दा बढी ६२ लाख ९५ हजार कोषमा जम्मा भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको मंगलबार बसेको बैठकमा सो जानकारी गराइएको हो ।

स्थानीय प्रशासनद्वारा गठित राहत डेस्क मार्फत प्राप्त सहयोग भएको स्थानीय प्रशासनले जनाएको छ । यस बाहेक निजी संस्था, ब्यक्तिले पनि आ–आफ्नो तर्फबाट सहयोग गरेको समितिका अध्यछ तथा प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले जानकारी दिए ।

भूकम्प प्रभावितका लागि बाँकेबाट ६७ हजार १ सय २६ त्रिपाल पठाइएको उनले जानकारी दिए ।