२९ आश्विन २०८३, बिहिबार

पालुङ स्वास्थ्य केन्द्रमा लायन्स क्लबको स्वास्थ्य शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makawanpur_districtनिर्मल अर्याल
मकवानपुर, जेठ १९ ।लायन्स तथा लियो क्लब अफ काठमाडौं जोरपाटीको आयोजनामा मकवानपुर जिल्लाको पालुङ स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरमा ६ महिनाका शिशुदेखि ९० वर्ष सम्मका वृद्धवृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा हाइड्रोसिल, हर्निया, आङ खस्ने लगायतका समस्याबाट पीडित बिरामीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

त्यस्तै आखाँ परीक्षण गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको थियो भने धेरैले नाक, कान, घाँटीको परीक्षण पनि गराएका थिए । शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शल्यक्रिया आवश्यक भएका बिरामीहरुलाई नेपाल मेडिकल कलेजमा ल्याएर भर्ना गरिएको छ ।

त्यस्ता बिरामीहरुको सबै उपचार खर्च सहित यायतायात तथा खाना खर्च आयोजकले व्योहर्ने शिविर संयोजक जोरपाटी लायन्स क्लबमा आनन्द बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा करीब चार सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविर सुरु हुनु अघिको संक्षिप्त सभामा लायन्स क्लबका पुर्व गभर्नर उत्तमराज कायस्थ, नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जयराम लामिछाने, लायन्स क्लब अफ काठमाडौं जोरपाटीका अध्यक्ष कुमार श्रेष्ठ, धनप्रसाद लामिछाने लगायतले समाजसेवा नै उत्कृष्ट धर्म भएको बताउनु भएको थियो ।

उहाँहरुले लायन्स क्लबले आगामी दिनमा पनि देशका विभिन्न भागमा स्वास्थ्य शिविर संचालन गर्ने बताउनु भएको थियो । शिविरमा लायन्स क्लबका केन्द्रीय पदाधिकारीहरु  सुनिल भक्त श्रेष्ठ, कुमारराज सुवेदी, टंकबहादुर श्रेष्ठ, सुरेन्द्र बलाय, राकेश चक्रधर लगायतको पनि सक्रिय सहभागिता रहेको थियो । लायन्स तथा लियो क्लब अफ काठमाडौं जोरपाटीले यसअघि सिन्धुपाल्चोकको चौतारा, ग्याल्थुम, मकवानपुरको चित्लाङ लगायतका स्थानमा स्वास्थ्य शिविर संचालन गरिसकेको छ ।