३१ आश्विन २०८३, शनिबार

केपी ओली कपको उपाधि मछिन्द्रलाई

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ ।

दशरथ रंगशालामा आज भएको फाइनल खेलमा सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै मछिन्द्रले उपाधि हात पारेको हो ।

खेलको ५औँ मिनेटमा मछिन्द्रका विदेशी खेलाडी अफिज ओलावले हेडर गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १९औँ मिनेटमा सातदोबाटोका विदेशी खेलाडी जर्डन ओभाना जुनियरले हेडर गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो । त्यसपछिको समयमा भने दुबै टिमले गोल गर्न सकेनन् ।

निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल ट्राइब्रेकरमा गएको थियो ।

उपाधिसँगै मछिन्द्रले १० लाख हात पारेको छ भने उपविजेता बनेको सातदोबाटोले ५ लाख प्राप्त गरेको छ ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत ११ फागुनबाट सुरु भएको प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ‘ए’ डिभिजनका ७ टोली गरी ८ टिमको सहभागिता रहेको थियो ।