३१ आश्विन २०८३, शनिबार

केपी ओली कपको फाइनल खेल आज, उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत ११ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल आज बुधबार हुन लागेको हो ।

प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो ३ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो  भने आयोजक युवा संघको केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको थियो ।

आज हुने खेलको विजेता टोलीले उपाधिसहित १० लाख नगद र उपविजेता टोलीले नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट विधाका खेलाडी र उदयीमान खेलाडीलाई जनही ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।