
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् ।
गोरखामा हुन लागेको गोरखा महोत्वसमा सहभागि हुन उनी आज बिहान ११ बजे जान लागेका हुन् ।
गोरखाको हरमटारीस्थित खेलकुद मैदान आजबाट सुरु हुने ११औं गोरखा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा जान लागेका हुन् ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा गोरखा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।












प्रतिक्रिया