३० कार्तिक २०८३, सोमबार

नेल्टा बागमती प्रदेशले पूर्णता पायो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को बागमती प्रदेश कार्यसमितिले पूर्णता पाएको छ ।

शनिबार हेटौंडामा भएको दोस्रो भेलाबाट १३ सदस्यीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरु चयन भएसँगै समितिले पूर्णता पाएको हो । प्रदेश अध्यक्षमा शंकर सिंह एक वर्षअघिनैं केन्द्रीय अधिवेशनबाट निर्वाचित भएका थिए ।

जिल्ला समितिहरु गठन गर्ने कार्यमा व्यस्त रहेका कारण प्रदेश समितिलाई पूर्णता दिन नसकिएको सिंहले बताए ।

शनिबारको भेलाले नेल्टाको उपाध्यक्षमा राजु नेपाल र सिता अर्याल, सचिवमा राजन बन्जारा, सहसचिवमा राम मिजार र कोषाध्यक्षमा मुकुन्द नेपाल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा राजिव पोखरेल, नेत्रनारायण आचार्य, रघुवर नेपाल, दिपेश लामिछाने, अनुप दुलाल, लिलानाथ घिमिरे र नमराज पराजुली चयन भएका छन् ।