
काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेबाट सुरु हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीति र पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबार बालुवाटारमा बसेको चुनाव अघिको पाँच दलीय गठबन्धनसहित आठ दलको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको गरेको थियो ।












प्रतिक्रिया