
काठमाडौं, १२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताएकी छिन् ।
आज शुक्रबार प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उनले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताएकी हुन् ।
नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा मन्त्री शर्माको छ । उनले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नया शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिइन् ।
कार्यक्रममा सीटीईभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो ।















प्रतिक्रिया