५ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय सरकार किन बनाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agni-Kharel

विराटनगर, ५ जेठ । नेकपा (एमाले) संसदीय समितिका प्रमुख सचेतक अग्नि खरेलले मुलुकमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने विषयमा जोड दिनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा धेरै ठूलो धनजनको क्षति भएकाले सबै दल एकबद्ध भएर राष्ट्र निर्माणमा जुट्न सहमतिको सरकार आवश्यक छ भन्नुभयो ।

उहाँले अब बन्ने संविधानमा तराई र पहाड मिलाएर राज्यको पुनःसंरचना गर्नुपर्ने औँल्याउँदै संविधान जारी भएपछि स्थानीय निकायको निर्वाचनसमेत गराउनुपर्ने धारणा प्रकट गर्नुभयो ।

भूकम्पपीडितका घर निर्माणलगायत कार्यका लागि एमालेले १० हजार दक्ष कार्यकर्ता परिचालन गरेको जानकारी गराउँदै उहाँले भूकम्पपीडित परिवारलाई जेठ महिनाभित्रै ओतलाग्ने खालको घर निर्माण हुनुपर्ने र यसका लागि सरकारले रु १५ हजार उपलब्ध गराइरहेको बताउनुभयो । रासस