३० कार्तिक २०८३, सोमबार

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ फागुन । मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बकैया-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो एकसातामा जिल्लामा जंगली हात्तीले आतंक मच्याइरहेको छ । सोही हात्तीकै आक्रमणबाट केहिदिनअघि जिल्लाको मनहरी गाउँपालिका-४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । योसँगै जिल्लामा हात्तीको आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।