
काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते नै एमालेसँग सहमति गरिसकेको बताएका छन् ।
एमालेसहित सात दलको बीचमा उक्त सहमति भइसकेकाले अहिले आएर माओवादीले कांग्रेसलाई समर्थन गर्नै नमिल्ने ओलीको तर्क छ ।
बिहीबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचनपछि राष्ट्रपतिबारे माओवादीको भूमिकाबारे सञ्चारकर्मीसँग ओलीले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’
राजनीतिक नैतिकता नगुमाउँदासम्म वर्तमान गठबन्धन नभत्किने अध्यक्ष ओलीको भनाइ छ ।















प्रतिक्रिया