
सुर्खेत, ११ फागुन । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवान गोली लागेर मृत अवस्थामा भेटिएका छन् ।
दार्चुलाको अपी नगरपालिका-६ घर भएका २५ वर्षीय कबिन्द्रराम विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।
बिहीबार बिहान अन्दाजी ३ बजे ड्युटीमा रहेका उनी मृत भेटिएका हुन् ।
विक आफैले बोकेको एसएलआरको गोली कन्चटमा लागेको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विकले आफैँले गोली हानेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया